अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) निकट अखिल क्रान्तिकारीले जिल्लाका विभिन्न विद्यालय बन्द गरेको छ ।
सोमबार अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले साउन ३१ गते अर्घाखाँची जिल्लामा शैक्षिक हड्तालको घोषणा गरेको थियो ।
जिल्लाको पाणिनी क्याम्पस ,संखेटारी ,जनज्योति तथा मालारानी गोखुङ्गा लगाएका विद्यालयमा बन्दको प्रभाव परेको हो । सोमबार सन्धिखर्कको शान्तिबगैचामा आयोजना गरेको कोणसभालाई सम्वोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले जिल्लामा शैक्षिक क्षेत्रमा विकृति बढ्दै गएकोर सरोकारवाला निकायले कुनै जिम्मेबारी भुमिका निर्वाह नगरेको शैक्षिक माफिया र दलालको चक्रव्युबाट बचाई शिक्षालाई निशुल्क बनाउन र सविधानले प्रदान गरेको निशुल्क शिक्षाको अधिकार प्रदान गर्नको लागि आम शैक्षिक हड्तालको आयोजना गरेको बताएका थिए ।