बिष्णु खनाल
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा परिचयात्मक तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयमा डिएसपिको रुपमा सरुवा भई आउनु भएका मुकुन्द रिजाल र पत्रकारबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रहरी नायव उपरिक्षक रिजालले प्रहरी र पत्राचारबिच नङ र मासुको जस्तो सम्बन्ध रहेकाले आगामी दिनमा सुचना आदान प्रदानमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
समाजमा शान्ती सुरक्षा कायम गर्न, विभिन्न आप्राधिक गतिविधी कम गर्न, हिंसाजन्य घटना कम गर्न दिनरात नभनी नागरिकको सेवामा लाग्ने उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले दिएका सुझाव तथा जिज्ञासाको जवाफ दिदै अर्घाखाँची जिल्लामा अन्य जिल्लाको तुलानामा त्यति धेरै अशान्ती नभएपनी शान्त जिल्ला निर्माणका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । कानुन विपरित हुने जुनसुकै आप्राधिक घटनामा सन्लग्न जोसुकै भएपनि कानुनको दायरामा ल्याउने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अर्जुन पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।