२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

काठमाडौंको फोहोर: बञ्चरेडाँडा आन्दोलनमा तीन सत्तारूढ दलका स्थानीय नेताको समर्थन

spot_img

सत्तारूढ गठबन्धनले काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गरेकै दिन सत्तारूढ तीन दलका स्थानीय नेताले भने बञ्चरेडाँडाको आन्दोलनमा साथ दिने घोषणा गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको धादिङ धुनिबेसी नगरपालिका- १ का अध्यक्षले पीडित जनताको आन्दोलनमा आफूहरूको साथ रहने भन्दै आइतबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा कांग्रेसका पूर्णसिंह तामाङ, माओवादी केन्द्रका विष्णु तामाङ र एकीकृत समाजवादीका भिषण धितालले हस्ताक्षर गरेका छन्।

आइतबारै बालुवाटारमा भएको सत्तारूढ गठबन्धनको बैठकले काठमाडौंका सडकमा थुप्रिएका फोहोर तत्काल उठाउन सकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो।

उता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले साउन ३१ सम्म आफ्ना माग सम्बोधन गर्न प्रक्रिया अघि नबढे भदौ १ देखि फोहोर पूरै निषेध गर्ने चेतावनी दिएका छन्।

यसबीच धुनिबेसी नगरपालिका- १ का तीन जना नेताले स्थानीयको आन्दोलनमा समर्थन जनाएपछि फोहोरमैला व्यवस्थापनको मुद्दा थप पेचिलो बनेको छ।

विभिन्न चरणमा काठमाडौं महानगर लगायत विभिन्न निकायसँग १७४ वटा सहमति हुँदा पनि कार्यान्वयन नगरेको उनीहरूको विज्ञप्तिमा छ। महानगर लगायतका निकायले सहमति कार्यान्वयन नगरी राज्यशक्ति दुरूपयोग गर्दै पीडित जनतालाई दुःख दिएको उनीहरूको आरोप छ।

फोहोरमैलाले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्दा पनि महानगर लगायत सरकारी निकायले व्यवस्थापनलाई हलुका रूपमा लिएको र स्थानीय बासिन्दाको उचित माग पनि पूरा नगरेको उनीहरूले बताएका छन्।

त्यस्तै उनीहरूले काठमाडौंको फोहोरमैला समस्या सधैंका लागि समाधान गर्न नेकपा एमालेसहित सर्वदलीय बैठक र समझदारीको आह्वान गरेका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै