४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

प्राध्यापक रामप्रसाद अधिकारीलाई क्याम्पसद्वारा स-सम्मान बिदाइ

spot_img

काठमाडौं।
नेपाल सस्कृत विश्वविद्यालय, वाल्मीकि क्याम्पस,ज्योतिष विभागका विभागाध्यक्ष रामप्रसाद अधिकारीलाई ससम्मान विदाइ गरिएको छ। वाल्मीकि क्याम्पसमा आयोजित भव्य औपचारिक कार्यक्रमका बीच प्राध्यापक अधिकारीलाई विदाइ गरिएको हो।

उक्त कार्यक्रममा नेपाल सस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाको प्रमुखातिथ्य रहेको थियो भने वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालको सभाध्यक्षता एवम् विद्यापीठका प्राध्यापकवर्गको सहभागिता रहेको थियो।

विद्यापीठकै सभाकक्षमा भव्य तथा सभ्य सम्मान समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न भयो।विगत ३१वर्षदेखि वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्दै आउनुभएका निडर तथा स्पष्टवादी पहिचान बनाउनुभएका प्राध्यापक रामप्रसाद अधिकारीको उमेरहदका कारण अनिवार्य सेवा-अवकाशले विद्यापीठ परिवारलाई प्राज्ञिक अभाव खड्किने भएकाले निवृत्त भएपनि समयसमयमा हुने प्राज्ञिक गतिविधिमा समुपस्थित भई आफ्नो अध्ययन-अनुसन्धानद्वारा विद्यापीठलाई लाभ पुर्याइदिनु हुन सभाध्यक्ष एवम् प्राचार्यले विशेष अनुरोध गर्नुभएको थियो ।

त्यसैगरी प्रमुख अतिथि प्रा.डा. कुलप्रसाद कोइरालाज्यूले आफू उपकुलपति हुँदा रजिष्टार बनिदिन विशेष आग्रह गर्दा पनि नमानेको तथ्य स्मरण गर्दै अधिकारीको त्यागभावनाको उच्च प्रशंसा गर्नुभयो । अध्ययनकालदेखि प्राध्यापनकाल सम्म ५०वर्षभन्दा बढी यसै शैक्षिक संस्थासँग आबद्ध भएकाले वाल्मीकि विद्यापीठ मेरोलागि कार्यक्षेत्रमात्र नभएर घर नै लाग्ने अनि सहकर्मी प्राध्यापक कर्मचारीहरू साथी भन्दा पनि परिवारका सदस्य दाजुभाइ दिदीबहिनीझैँ लाग्ने मन्तव्य प्राध्यापक अधिकारीले राख्नु भएको थियो।

प्राध्यापक रामप्रसाद अधिकारीआफू निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकाले घरबाट सामान ल्याई काठमाडौँमा बस्ने आफ्नो स्थिति नभएको भन्दै त्यतिबेला रानीपोखरी संस्कृत छात्रावासमा बसी पढ्ने अवसर पाएकाले आफू विश्वविद्यालयको प्राध्यापक बन्न सफल भएको भन्दै रानीपोखरी छात्रावासप्रति विशेष कृतज्ञता ज्ञापन तथा विद्यापीठ परिवारप्रति आभार प्रकट गरेका थिए।

कार्यक्रमका सम्मानित रामप्रसाद अधिकारीले वाल्मीकि विद्यापीठको सहायक प्राचार्य, तत्कालीन उपकुलपतिज्यूको सल्लाहकार, वाल्मीकि विद्यापीठ एकाइको सभापति तथा प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय सचिव आदि विविध प्रशासनिक पद एवम् पेशागत नेतृत्व ग्रहण गर्दै समग्र संस्कृत विश्वविद्यालयको उन्नययनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको तथ्यलाई नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसभापति डा.शान्तिकृष्ण अधिकारीज्यूले मन्तव्यका क्रममा प्रकाश पारेका थिए। प्राध्यापक पद्मप्रसाद भट्टराई, प्राध्यापक ध्रुव ज्ञवाली, प्रा.डा.धनेश्वर नेपाल, डा. विष्णुप्रसाद दाहाल, पूर्व सभापति डा.नवराज कट्टेल, डा.ध्रुव भट्टराई, डा.मुकुन्दप्रसाद लामिछाने, प्रा.डा.नुरापति पोखरेल, डा. सुमोदवर्धन कौडिन्यायन, डा. वैकुण्ठ घिमिरे, डा. जयन्त आचार्य, सर्वदर्शन विभागाध्यक्ष श्रीअर्जुन दाहाल , डा.नारायणप्रसाद निरौलालगायतका विशिष्ट प्राध्यापकहरूको उत्साहपूर्ण सहभागिता रहेकोे थियो। त्यस्तै डा.नारायण बराल, प्राध्यापक संघ वाल्मीकि विद्यापीठका सभापति प्रा.डा.देवमणि भट्टराई, प्रजातन्त्रवादी प्राध्यापक संघ, वाल्मीकिका अध्यक्ष मुरली दाहाल, राष्ट्रिय प्राध्याक संघ वाल्मीकिका अध्यक्ष तथा स्थापित मुक्तकका तेजविलास अधिकारी, कर्मचारी संघकी अध्यक्ष वसन्ती ढकाल , विद्यार्थीका तर्फबाट नेविसंघका संयोजक चोलेन्द्र रिजाल लगायतले अधिकारीको स्वस्थ तथा सक्रिय निवृत्त जीवनको शुभकामना मन्तव्य राखेको जानकारी वाल्मीकि विद्यापीठका उपप्राध्यापक उमेशप्रसाद घिमिरेले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै