विवश थापा
अर्घाखाँची ।
हरेक प्रकारका विपद्हरुको न्यूनीकरण एवं सम्भावित जोखिमलाई कम गर्ने उद्देश्यले सन्धिखर्क नगरपालिका वार्ड नं. ७ को खाचिकोटमा सर्वपक्षीय भेला सम्पन्न भएको छ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु एवं स्थानीय क्लबहरुको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो। भेलाले विपद् व्यवस्थापन सम्बन्धमा व्यापक छलफल गर्दै अध्यक्ष चुराबहादुर केसीको अध्यक्षतामा १९ जनाको नयाँ कार्यसमितिसमेत निर्माण गरेको छ।
निर्माण गरिएको उक्त कार्य समितिले विपद् व्यवस्थापनका सन्दर्भमा रचनात्मक कार्य गर्ने समेत जनाएको छ।