spot_img
spot_img

चिनियाँ राजदूतसँग गृहमन्त्री खाणको प्रतिवद्धता: एक चीन नीतिमा अडिग छौं

spot_img

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिवद्ध रहेको दोहोर्‍याएका छन्।

मन्त्री खाडले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन्।

उनीहरुबीच शुक्रबार गृहमन्त्रालयमा भेटवार्ता भएको थियो।

‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले राजदूत यान्छीसँग भने, ‘नेपाली भूमिमा छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिवद्ध छौँ ।’

भेटमा राजदूत यान्छीले हालै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणको स्मरण गराउँदै नेपाल एक चीन नीतिमा प्रतिवद्ध हुनेमा आफू विश्वस्त रहेको गृहमन्त्री खाडलाई सुनाएको स्रोतले बताएको छ।

संघ र प्रदेश सभाको निर्वाचनको घोषणा भएकोमा खुसी व्यक्त गर्दै राजदूत यान्छीले आसन्न निर्वाचनका लागि चीनले सहयोग गर्ने बताएको गृहमन्त्रालयले जनाएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै