२१ मंसिर २०८०, बिहीबार
spot_img
२१ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

नेपाल र बंगलादेश बीचको खेलमा हात हालाहाल, रेफ्रीले देखाए तीन रातो कार्ड

spot_img

भारतमा जारी साफ यु २० च्याप्यिनसिपअन्तर्गतको नेपाल र बंगलादेशबीच भइरहेको समूह चरणको अन्तिम खेलमान तनाव उत्पन्न भएको छ ।

खेलको दोस्रो सुरु भएलगत्तै बंगलादेशका साहिदुल स्लामले फल गरेका थिए। रेफ्रीले फलको संकेत गरेलगत्तै उनले प्रतिवाद गरेका थिए।

उनले नेपालका जकृतिश रैन छन्जुमाथि फल्ट गरेपछि नेपाली खेलाडीहरु आक्रोशित बनेका थिए। त्यही क्रममा दुवैतर्फका खेलाडीहरुबीच हात हालाहालको स्थिति बनेको थियो।

हात हालाहालपछि रेफ्रीले बंगलादेशका साहिदुल स्लाम र नेपालका दिपेश गुरूङ र बेन्चमा रहेका रोहित सुब्बाले राखतो कार्ड पाएका थिए।

मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी सुब्बाले पनि रातो कार्ड पाएका हुन्।

दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए ।

झगडाका दौरान नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशका एक खेलाडी लडेका थिए। रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड दिएका हुन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै