१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

भुमिकास्थानका मेयर सरकारी गाडी फिर्ता गरेर आफ्नै मोटरसाइकलमा

spot_img

अर्घाखाँची । सोमबार साँझ करिव साढे सात बजेको थियो । भूमिकास्थान नगरपालिका वडा नं. ४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउदै गरेका भेटिए । बाटोमा बाईक रोकेर रेनकोट लगाउदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए ।

नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कदैगर्दा मकैडाँडामा पानी परेपछि निथु्रक्क भिजेका हुन् । यो समाचार पढ्दा धेरैलाई लाग्ला आम नागरिक सधै भिजेकै छन त मेयर भिज्नु के नै नौलो कुरा भयो र ?

तर कुरा त्यस्तो होइन । मेयर आफैमा विशेष पद हो । मेयरले चाहनेहो भने २४ सै घण्टा गाडी अगाडी पछाडी लगाएर हिड्न सक्छ । तर थापाले यो विकल्प प्रयोग गरेनन । भूमिकास्थान नगरपालिका वडा नं. ४ घर भएका थापा दैनिक ३२ कि.मि. यात्रा गर्छन मोटरसाईकलमा सरर ।

आफ्नै नीजी मोटरसाईकलमा सरर यात्रा गरिरहेको मेयर थापाले आफ्नै मोटरसाईकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताए । “म मोटरसाईकलमा यात्रा गरेको देखेपछि साथीहरुले आश्चर्य मान्दै मेयरसाव गाडी छैन र भन्नुहुन्छ” थापाले हाँस्दै भने “यही मोटरसाईकल देखाउदै यो घोडो जस्तो मान्नुभो र ? भन्ने गरेको छु ।”

त्यसो त मेयर थापाले आफु निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसकेका छन् । “नगरपालिकासंग दुईओटा आफ्नै गाडी छन् वर्षौदेखी अर्को भाडाको गाडी पनि प्रयोग भैरहेको रहेछ ।” मेयर थापाले भने “हामी आएपछि त्यो गाडीको नविकरण गरेनौं, साउन १ गतेदेखी त्यो गाडी फिर्ता भैसक्यो ।” एउटा गाडी फिर्ता गर्दैमा नगरमा वार्षिक १५/२० लाख बचत भएको थापाको भनाई छ ।

मोटरसाईकलमा यात्रा गरिरहेका थापाले आफुले सस्तो लोकप्रियताको लागि भने यो नगरेको बताए । म नत लोकप्रियता कमाउन मोटरसाईकल चढेको हुँ, न त सरकारी गाडी प्रयोग बहिष्कार नै गरेको हुँ । मेयर थापाले भने विशेष परिस्थितीमा नगरका गाडीहरु पनि प्रयोग गरिन्छ । तर मसंग आफ्नै साधन छ, मोटरसाईकलले काम चलेसम्म गाडी चढ्दीन ।

अझ गत पाँच वर्ष काार्यपालिका सदस्य बनेर काम गरेको अनुभव भएका थापाले विगतको अनुभवका आधारमा पनि आफ्नो कार्यकाल सफल बन्ने बताउछन् । विगतमा प्रमुख र उपप्रमुखको असमझदारीका कारण कैयौं काममा समस्या परेको प्रत्यक्ष देखेकाा थापा यो कार्यकालमाा कुनै असमझदारी नहुनेमा विस्वस्त छन् । “मेरो अभिभावक जस्तो शालिन भद्र व्यक्तिलाई उपमेयरको रुपमा पाउनु मेरो सौभाग्य हो ।” मेयर थापाले भने “हरेक कुरामा दाई (उपप्रमुख बालकृष्ण बन्जाडे) संग सल्लाह नगरी अगाडी बढ्दीन, उहाँले पनि मेरो कुरा स्वीकार्नुहुन्छ, आगामी पाँच वर्ष हाम्रो सम्वन्ध दुई भाइको जस्तै हुनेछ ।”

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (86%)
  • दुःखी (0%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै