२४ आश्विन २०८१, बिहीबार
spot_img
२४ आश्विन २०८१, बिहीबार
spot_img
spot_img

फेरि शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय कायम गर्ने तयारी

spot_img

काठमाडौं।
सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने तयारी गरेको छ ।

मन्त्रालयस्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकमा पुरानै नाम शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव मन्त्रालयले लैजाने तयारी गरेको छ ।

‘पहिलेको नाम संसारभार नै चिनिएको र काम अहिले पनि उही भएकाले पुरानै नाम राख्न सुझाव आएको हो,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘पहिले क्याबिनेटले नाम परिवर्तन गरेको हो । आवश्यक प‍र्‍यो भने अहिले पनि क्याबिनेटले परिवर्तन गर्छ ।’

नाम परिवर्तनको प्रस्ताव क्याबिनेटमा लैजानेबारे आफूलाई थाहा नभएको उनले बताए । यसअघि २०७५ सालमा तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ बनाइएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै