बिबश थापा
अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले वृक्षारोपण गरि ४० औँ बिपि स्मृति दिवस मनाएको छ ।
उक्त बृहत वृक्षारोपण कार्यक्रम सन्धिखर्कको खाचिकोट पन्चासेमा मनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कानले कांग्रेस बिचार र सिद्धान्तले एक हुनुपर्ने र त्यो ब्यहबारमा पनि लागुगर्ने पर्ने बताएका छन । खाचिकोटमा संचालित चुनढुङ्गा उत्खनन त्यस क्षेत्र र जिल्लाको लागि हित नभएको समेत बताएका छन ।
कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला शभापती केशव श्रेष्ठले सम्पूर्ण काङ्ग्रेस आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर बिपिको आदर्श लाई अंगिकार गर्दै सुपादेउराली लाई साक्षी राखेर एकिबद्द भैइ सामाजिक काम र पार्टी लाई सुदृढीकरण गर्नु पर्ने धारणा व्यक्त गरे ।
बि.पि. कोईराला कांग्रेसका मात्रै नभयर नेपालकै महान जनप्रीय नेता हुन । नेपाली जनताको हक हितका लागि ब्यक्तिगत स्वार्थ त्यागी लामो समय जेल, प्रबास जीवन बिताउदै लामो समय देखीको जहानिय राणा शासन अन्त्य गरि देशमा प्रजातन्त्र ल्याउन सफल भयका हुन। उनका राष्ट्रका लागि अमुल्य योगदान रहेका छन।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य शान्ता भन्डारी , शितगङ्गा नगरपालिकाका मेयर छबिलाल पौडेल , काङ्ग्रेस नेता यादब प्रसाद घिमिरे, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, छ्मा कार्की , मनिराम परियार , छ्त्रदेब गाउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बिष्णु प्रसाद भुसाल , सह-सचिव कमल पौडेल ,क्षेत्रीय सभापति हेमन्त बेल्बासे लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम जिल्ला सचिव कृष्ण प्रसाद खनालले संचालन गरेका थिए ।