२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

अर्घाखाँचीमा मैले ६ अर्ब भन्दा बढीको विकास गरें : रायमाझी

spot_img

अर्घाखाँची । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सचिव टोप बहादुर रायमाझीले जिल्लामा भित्र ६ अर्ब भन्दा बढी विकास बजेट भित्र्याएको दावी गरे ।

पटक पटक मन्त्री भएका रायमाझीले सड्क, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य खानेपानी, विद्युत सहित आर्थिक समृद्धि लगायतका समग्र योजनामा बजेट भित्राएर काम भैरहेको बताएका छ्न ।

एकै दिन हिमाल, पहाड र तराई घुम्न सकिने सालझण्डी, सन्धिखर्क ढोरपाटन सकड् द्रुत गतिमा निर्माणको काम भैरहेको छ । यो सडक निर्माण सम्पन्न भएर सुचारु भएपछि नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटक यही बाटो भएर आउजाउ गर्दा जिल्लामा चहलपहल हुने आशा गरिएको छ ।

बारम्बर विद्युत अवरोध भएर हैरानी भएका जिल्लाबासीलाई रायमाझीले विभिन्न स्थानमा चार वटा सव स्टेसन निर्माण भए । पोखरा, सुर्खेत सडक निर्माणको काम भैरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्राएर पर्यटनबाटै बेरोजगार युवालाई स्वरोजगार उन्मुख बनाउने लक्ष्य रायमाझीको छ ।

नौमुरे बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न पनि बजेट परेका छन् ।
सुपादेउराली मन्दिर दशर्नका लागि आउने तीर्थालुलाई भुलाउन सुपादेउराली नजिकै दुई पहाड जोड्ने झोलुंगे पुल निर्माण भएको छ । अर्घाभगवती विमानस्थलको काम द्रुत गितमा अगाडी बढेको छ ।

जिल्लाका आन्तरिक सडक, स्तरोन्नती गरी पीच गर्ने, सरकारी भवन निर्माणमा पनि बजेट पारेको रायमाझीको तर्क छ । मन्त्री र सांसद भएको बेला सबैभन्दा बढी जिल्लामा आउने नेता मध्ये रायमाझी अग्रस्थानमा छन् ।

अर्घाखाची जिल्ला अस्पताललाई ५० शैयाको अस्पताल बनाउन पनि बजेट परेको थिए । पटक पटक मन्त्री भएको बेला थुप्रै विकास निर्माणका कामले जनताले विकासको अनुभूति पाएको महसुस गरेका छन् । जिल्लाको समग्र विकासमा अहिलेसम्म ६ अर्ब भन्दा बढी रकम भित्राएको सन्धिखर्कमा पत्रकारसगको भेटघाटमा रायमाझीले बताए ।

प्रेस चौतारी जिल्ला शाखाले भेटघाट कार्यक्रममा नेता रायमाझीले आफुले भन्दा धेरै कुनै नेताले बजेट भित्र्याएको भए आफू राजनीतिबाट सन्यास लिने समेत बताए ।

यस्तै नेकपा एमाले नेता रामजी प्रसाद घिमिरे र जिल्ला अध्यक्ष पिताम्बर भुसालले प्रेस राज्यको चौधौं अंग भएकोले सहयोग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (53%)
  • हाँस्यास्पद (47%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै