spot_img
spot_img

अर्घाखाँचीमा घरासी विवादहुदा छोराको लाठी प्रहारबाट आमाको मृत्यु

spot_img
spot_img

सागर महत
अर्घाखाँची । अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिय कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाकको बिच भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाण्डौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए ।

पटक पटक बुटवलमा उपचार गर्न लगेपनि ब्लड नरोकिएपछि थप उपचारको लागि केहि दिन अगाडि काठमाण्डौं लगिएको थियो । हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले भनाइ छ ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (5%)
  • दुःखी (59%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (3%)
  • आक्रोशित (27%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै