२७ माघ २०८१, आइतवार
spot_img
२७ माघ २०८१, आइतवार
spot_img

घरको छतमा नै ड्रागन फलको खेती : १ बोटमा ५० किलोसम्म फल्ने

spot_img

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ फुद्वांगका  मेघबहादुर भट्टराईले ड्रागन फलको खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएक छन्। ३ वर्षदेखि आफ्नै घरको छतमा र नजिकैको खेतमा गरेको ड्रागन फलको खेतीबाट राम्रो आम्दानी भएको कृषक मेघबहादुर भट्टराईले बताए।

यस वर्ष ड्रागनले राम्रो उत्पादन दिएको र १० क्विन्टल उत्पादन हुने कृषक भट्टराईको भनाइ छ। १ बोटमा ५० किलोसम्म फलेको छ। बिक्रीको लागि कुनै समस्या नभएको र अहिले १ हजार रुपैयाँ प्रतिकेजी घरबाटै बिक्री भएको कृषक भट्टराईले बताए । अहिले ड्रागन खोज्दै घरघरमा आएर लैजाने गरेको उनको भनाइ छ।

पूर्व मन्त्री लोकेन्द्र विष्टको खेतीबाट प्रभावित भएर ड्रागन खेती सुरु गरेका भट्टराईले भने, ‘सुरुसुरुमा त घरका छतमा र धान फल्ने खेतमा खेती गर्छु भन्छ। कसैले नदेखेको फल यो बौलायो भनेर पनि भने तर अहिले सबैले बिरुवा दिन परो भनेर भन्छन्।  सबैले बिरुबा लगाउन सुरु गरेका छन्।’

ड्रागन फ्रुटले एकपटक लगाएपछि लगातार १५ वर्षसम्म फल दिने गर्दछ।  यसको खेती गर्न र स्याहार सुसारमा पनि त्यति असहज नभएको उनको भनाइ छ।  बजारमा ड्रागन फ्रुटको अत्याधिक माग रहे पनि उत्पादन गर्न नसिएको उनी बताउँछन्।  यसरी उत्पादन गरेको ड्रागन फ्रुट घरमै प्रति केजी एक हजार रुपैयाँमा बिक्री हुने गरेको भट्टराईले बताए।

ड्रागन फ्रुट खेती समुद्री सतहदेखि चार हजार पाँचसय फिटको उचाइसम्मको हावापानी र जस्तोसुकै माटोमा पनि सहजै फलाउन सकिन्छ।  कम सिचाईमा लगाउन सकिने भएकाले जमिनमा सहजरुपले यो खेती गर्न सकिन्छ। ड्रागन फल औषधीयुक्त गुण भएकोले स्वास्थ्यका लागि निकै लाभदायक हुने मानिएको छ।

यसको वैज्ञानिक नाम  ‘हाइलोसेरुस अन्डटुस’ हो। यसलाई ‘ड्रागन फल’ नामको अलवा मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदी नामले चिनिन्छ। सिउडी प्रजाति भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन। नेपालमा यसको खेतीयोग्य वातावरणले गर्दा ड्रागन फलप्रति किसानहरु दिनानुदिन आकर्षित भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै