राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला हकहित र अधिकारलगायत विभिन्न माग राखेर गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ।
महिला हिंसा र सुरक्षासँग सम्बन्धित विभिन्न विषय उठान गर्दै राप्रपानिकट महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले शुक्रबार गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएकी हुन्।
राप्रपाले जनजीविकाका विभिन्न माग राखेर आन्दोलन गरिराखेको छ। सोही आन्दोलनअन्तर्गत आज प्रजातान्त्रिक महिला संगठनले आज गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।
१३ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले नागरिकको जिउ धनको रक्षा र सुरक्षा सरकारको पहिलो दायितव भएको बताए।