९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता

spot_img

काठमाडौं ।  भारतको उत्तराखण्ड राज्यको तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सिल्ट फ्लसिङको कार्यका लागि बाँधका ढोका खोलिन लागेका हुन् ।

बाँधको ढोका खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

भारतको एनएचपिसी लिमिटेडले आज बिहान ५ देखि साँझ ८ बजेसम्मका लागि बाँधका ढोका खोलिन लागेको जनाएको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउने कार्यसँगै नदीको जनस्तरबारे निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै