प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने बताएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गोपानमान श्रेष्ठ र अर्जुननरसिंह केसीले आर्थिक समस्या भएका बेला सरकारले करोडौं रुपैयाँमा हतियार किन किन्न लागेको हो भन्दै प्रश्न गरेका थिए।
ती प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको बताएका हुन्।
‘अहिले हतियार किनिन्न,’ उनले भने, ‘हतियार किन्नेबारे सरकारले कुनै तयारी गरेको पनि छैन।’
सरकारले ८४ करोड रुपैयाँमा विदेशी हतियार खरिद गर्न लागेको भन्दै सांसदहरूले पनि विरोध गरेका थिए।
आजको कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। अर्को बैठक शनिबार बस्नेछ।