१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

सामाजिक सुरक्षा विधेयक अत्यावश्यक भएर नै अध्यादेशको रूपमा ल्याइएको हो, पास गरौं- गृहमन्त्री खाड

spot_img

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरुलाई आग्रह गरेका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा सो विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले दलीय सहमतीकै आधारमा अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने धारणा राखे।

सामाजिक सुरक्षा राज्यको दायित्व हो । यसलाई व्यवस्थित गराउन र यसको जिम्मेवारी विस्तार गर्नु, यसलाई नियमन गराउन पनि कानुनको मूल आशय हो’, उनले भने, ‘यो सामाजिक सुरक्षा ऐनले आफ्नो जिम्मेवारी पूरा गर्न सकोस्। यो सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सन्दर्भमा अपांगताका सम्बन्धमा माननीयजीहरुले उठाएका कुराहरुसँग म गम्भिरतापूर्वक यसलाई अझ कसरी व्यवस्थित गर्ने, त्यसमा भएका कमीकमजोरीहरुलाई व्यवस्थापन गर्ने विषयलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास व्यक्त गर्न चाहन्छु।’

उनले सो विधेयक अत्यावश्यक भएकाले पनि पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे। गृहमन्त्री खाँणले सो विधेयकमा अपांगता भएका व्यक्तिको बारेमा सांसदहरुले दिएको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास समेत व्यक्त गरेका छन्।

यो विधेयक अत्यावश्यक भएर नै अध्यादेशको रुपमा यो आएको छ। त्यसकारणले यसको संशोधन प्रस्ताव फिर्ता लिएर पारित गरिदिन म माननीयजीहरुलाई हार्दिक आग्रह गर्दछु,’ उनले भने।

मन्त्री खाँणले सरकारले तलव र पेन्सन लिईरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन नपाउने व्यवस्था कायमै राखेको पनि बताए।

‘यो सामाजिक सुरक्षा भत्ता दिने क्रममा नेपाल सरकारको कोषबाट तलव वा पेन्सन प्राप्त गर्ने व्यक्तिहरुले यो सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दैनन् भन्ने नै राखेको हो। अन्य हकमा यो सामाजिक सुरक्षा विधेयक र अध्यादेशमा मिलान गरेर ल्याइएको छ। त्यसकारण विभिन्न समयमा छलफल र सहमतीकै कारणले यो अगाडि बढाइएको हो,’ उनले अगाडि भने।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै