७ बैशाख २०८१, शुक्रबार
spot_img
७ बैशाख २०८१, शुक्रबार
spot_img
spot_img

उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराई भिड्ने

spot_img

काठमाडौं ।  शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्।

सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने कुरा भर्खर टुंगिएको जानकारी दिए।

भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित भएकी थिइन्।

कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छन्।

भट्टराईले केहीबेरमा उम्मेदवारी दर्ता गर्दै छिन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै