९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रकम संकलन

spot_img

काठमाडौं ।  लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रकम संकलन भएको छ।

गत आइतबारदेखि दानपेटिका खोली गणना सुरू गरिएकोमा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।

विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले तीन दिनसम्म दैनिक ३० जनाको दरले ९० जनाले दान रकम गणना गरेको जानकारी दिए।

विगतका समयमा हरेक १५ दिनमा दानपेटिका खोलिने गरेकोमा यसपटक तीन महिनापछि मात्रै दानपेटिका खोलिएको हो ।

कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले यसपटक दानपेटिकामा भेटी रकम कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।

यसअघि चैत १८ गते गणना गर्दा ३७ लाख रकम संकलन भएको थियो।

भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीहरूलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै