८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृत्यु

spot_img

गुल्मी । गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ ।

मदाने गाउँपालिका -१ मा पर्ने गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाकै छत्रकोट गाउँपालिका-६ दौघामा पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको छ ।

त्यस्तै अबिरल वर्षाका कारण इस्मा गाउँपालिका-१ तरिखर्कका बिनबहादुर रेस्मीको पहिरोले गोठ भत्किँदा एउटा भैंसी मर्नुको साथै करिव सवा दुई लाख बराबरको क्षती भएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (94%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (6%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै