२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सगरमाथा सामुदायिक सिकाइ केन्द्रको साधारण सभा तथा अधिवेशन सम्पन्न

spot_img

कपिलवस्तु ।  सगरमाथा सामुदायिक सिकाइ केन्द्र शिवराज ५ चन्द्रौटाको दोश्रो साधारण सभा तथा पहिलो अधिबेशन , नयाँ नेतृत्व चयन गर्दै शिवराज ५ दुर्गामन्दिरको सभा हलमा सम्पन्न भएको छ ।

पहिलो अधिबेशनले मणिराम उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ, जसको उपाध्यक्षमा शुभावती केवट, सचीव प्रेमकला पौडेल, सहसचिव कविता आचार्य, कोषाध्यक्ष बबिता थरुनी र सदस्यहरुमा खिमकला घिमिरे, बालकुमारी घिमिरे, विमला न्यौपाने र तौलेश्वरप्रसाद चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले हरेक घरमा पुस्तक संग्रह गर्ने बानीको विकास गर्नाले सन्ततीले पुस्तकको संग्रह हेरेर नै पढ्ने रहर जाग्रीत हुने विश्वास व्यक्त गर्दै संस्थागत र सहज अध्ययन र सिकाइको वातावरण बनाइरहेकोमा सगरमाथा सामुदायिक सिकाइ केन्द्रको योगदानको प्रसंशा गरे।

त्यस्तै विशिस्ट अतिथि शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले श्रोतको अभावका बाबजुद संस्थाले राम्रो काम गरीरहेको बताउदै नगरपालिकाले सिकाइ केन्द्र लाई अझै प्रभावकारी बनाउन सहयोगको लागि तत्पर रहेको बताइन ।

त्यस्तै कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद अधिकारेले सगरमाथा सामुदायिक सिकाइ केन्द्र छिट्टै आफ्नै भवनको व्यवस्था गर्ने अवस्थामा पुगेकाले कार्यकाल भर सहयोग गर्नुभएका सबै लाई धन्यवाद व्यक्त गरे ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष मणिराम उपाध्यायले संस्थाको हित र विकासका लागि बिगतमा समेत योगदान गरेर अनुभव बटुलेका लाई साथमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमको सन्चालन संस्थाकी सदस्य कमला भुसाल,
संस्थाका अध्यक्ष विश्णुप्रसाद अधिकारीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुको बिशिस्ट आतिथ्यता, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, शिवराज ५ नम्बर वडाका अध्यक्ष नेत्र बेल्वासे, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष महादेव पोख्रेल, राष्ट्रिय मानवअधिकार प्रतिस्ठानका अध्यक्ष विष्णुप्रसाद खतिवडा, समाजसेवी जीवलाल पौडेल लगायतको आतिथ्यता रहेको अध्यक्ष संस्थाकी सदस्य कमला भुसालको संचालन, उपाध्यक्ष सिता रेग्मीको स्वागत रहेको कार्यक्रममा सस्थागत प्रतिवेदन अध्यक्ष विष्णुप्रसाद अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कबिता आचार्यले प्रस्तुत गरेकी थिइन।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै