११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

सडक दुर्घटनामा परि अर्घाखाँचीकी १९ बर्षिया किशोरीको मृत्यु

spot_img

संजय भट्टराई
अर्घाखाँची। 
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका धारापानिको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी एक किशोरीको सडक दुर्घटनामा परि निधन भएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कपिलबस्तुको सडकमा बिपरित दिशा बाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा अर्घाखाँचीको धारापानि घर हुने १९ बर्षिया किशोरी अस्मिता खनालको मृ’त्यु हुन् पुगेको बुझिएको छ।

मोटरसाइकल चालक भने गम्भीर घाइते रहेको खबर प्राप्त भएको छ। मृ’त्यु हुने अस्मिता खनाल अफिसको कामले फिल्डमा जाने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो। अस्मिताको घर परिवार १५ बर्ष  अघि अर्घाखाँचीको धारापानि बाट बसाइसराइ गरि कपिलबस्तुको नयाँ बस्तीमा बसोबास गर्दै आईरहेको बुझीएको  छ।

ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लीएर थप कारबाही अगाडी बढाईरहेको बुझीएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (80%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै