बुटवल । गोपाल गहतराज उपचारर्थ व्याडमिन्टन प्रतियोगीता आयोजना गरिएको छ । बुटवलको बुद्धनगर निवासी दुबै मृगौला फेल भई उपाचरत रहेका गोपाल गहतराजको उपचार सहयोगको लागि व्याडमिन्टन प्रतियोगीता गरिएको छ । गहतराज समाज बुटवलको आयोजनामा प्रतियोगीता आयोजना गरी १ लाख रुपैयाँ सहयोग गरिएको हो । देवीनगरमामा आयोजना गरिएको कार्यक्रममा गहतराज समाज का केन्द्रीय उपाध्यक्ष जोगलाल गहतरातको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गहतराज समाज नेपालका विज्ञ परासर्म डोलराज गहतराज को विशिष्ठ आतिथ्यता, केन्द्रीय सल्लाहकार एम वि विश्वकर्मा, बुटवल सुन चाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विक, नगर संयोजक ईश्वरी गहतराज, सचिव मनिक विश्वकर्मा, कोषाध्यक्ष मञ्जील विश्वकर्मा लगायतको सहभागीता रहेको थियो । मैत्रीपुर्ण रुपमा खेलाईएको ब्याडमिन्टर प्रतियोगीबाट संकलित रकम दुबै मृगौला फेल भएका गोपाल गहतराज लाई प्रदान गरिएको हो ।
