बुटवल । लायन्स क्लवअफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको आयोजानमा बुटवलमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर परिक्षण क्लीनीक उद्घाटन गरिएको छ । सोही अवसरमा क्लवको सचिवालय भवन समेत उद्घाटन गरिएको छ ।
एक कार्यक्रमको आयोजनागरी ३२५ पिका डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, ड्रिष्टीक सेकेण्ड भिडिजी पुरुशोत्तम प्रधानांङ्ग र क्लवका अध्यक्ष द्वय कमलराज उदय र कुसुमदेवी शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका हुन ।
बुटवल–७ यातायात (लाईसेन्स) भएको भवनमा उद्घाटन गरिएको क्लिनीकबाट अव सर्वसाधारणले आफ्नो शंका लागेको पाठेघरको क्यान्सर वा स्तन क्यान्सरको निःशुल्क परिक्षण गर्ने पाउने छन् ।
कार्यक्रममा डिष्ट्रिक सचिव सन्दीप कसौधन, कार्यक्रम संयोजक द्वय मुकेशमान श्रेष्ठ र सरिता कसजु लगायतले आ आप्mनो भनाई राखेका थिए ।
सचिवालय भवन निर्माणको लागि लायन्स क्लव तिलोत्तमाको ३६ लाख १८ हजार तिलोत्तमा मायादेवीबाट १७ लाख ५० हजार, लायन्स तिलोत्तमा का सदस्यहरुबाट ५ लाख ३० हजार, लायन्स मायादेवीका सदस्यहरुबाट ५ लाख ७० हजार रुपैयाँ सहयोगमा संकलन गरिएको थियो ।
जन्य सहयोगी दाताहरुबाट ११ लाख ४७ हजार गरी कुल ७६ लाख १४ हजार लागतमा भवन निर्माण गरिएको जनाइएको छ ।