अर्घाखाँची । केही दिन अँघी लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागी निति, कार्यक्रम तथा बजेट सदनमा पेश गर्यो । बजेट पेश गर्दा नगर्दै अर्घाखाँचीमा सबै बजेट एमालेका सांसद चेतनारायण आचार्य, रामजी घिमिरे, जालपा भुसालको पहलमा परेको भन्दै फेसबुकमा लहर नै आयो ।
३ सय भन्दा बढी योजनामा एमालेले बजेट राखेको भन्दै फेसबुकमा सुची नै सार्वजनिक भयो । तर, ति सबै सामाजिक संजालका अफवाह झुट साबित भएका छन् । सांसद रामजी घिमिरेको आफ्नै अभिव्यक्तीले ति कुराहरु लाई झुट साबित गरेको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा बजेट माथीको छलफलमा भाग लिंदै सांसद घिमिरेले बजेट वितरण गर्दा आफुहरु लाई नसोधिएको गुनासो गरे । कुनै छलफल नगरी बजेट ल्याएकोमा उनले आपत्ती जनाए । विगत ५ वर्षका बजेट मध्ये सबैभन्दा झुर बजेट अहिलेको रहेको उनको टिप्पणी थियो ।
चुनावमुखी बजेट आएको भन्दै उनले यस्ता वाहियात निति तथा कार्यक्रमले समृद्ध नेपालको सपना पुरा नहुने बताए । आफुहरुको सल्लाह र राय नलिएको भन्दै सांसद घिमिरेले निराशाजनक बजेट आएको बताए । जनताको आशा जगाउने कुनै योजना र बजेट विनियोजन नगरिएको उनको भनाई छ ।
उनको अभिव्यक्तीले स्पष्ट हुन्छ उनी आगामी वर्षका लागी छुट्टाईएको बजेट बाट खुशी छैनन् । जिल्लामा कार्यकर्ताले भएभरका सुची आफ्ना नेताहरुले पारेका योजना रहेको भन्दै सामाजिक संजालमा गलत सुचना संप्रेषण गरेको प्रष्ट भएको छ ।