१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

सरावल गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

spot_img

महेश यादव
नवलपरासी ।  आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले दशाैं गाउँसभा सम्पन्न गरेको छ ।

सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि
लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ चाैधरीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले सरावल बासि जनताको आवश्यकतालाई बुझ्दै पुर्वाधार बिकासलाई बिशेष जोड दिएर काम गर्नुपर्ने बताएका छ्न ।

साथै पालिका बासिहरुकाे समग्र विकासमा स्थानीय निकायकाे महत्त्वपूर्ण भुमिका एवम् जिम्मेवार भएकोले सरावल गाउँपालिकाको विकास निर्माण कार्यमा हातेमालो गरेर अगाडि बढ्न सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव समेत दिएका थिए ।

सरावल गाउँपालिकाका अध्यक्ष एवम् दशाैँ गाउँसभाका सभाध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको दशाैं गाउँसभामा कृर्षि ,शिक्षा, स्वास्थ्य तथा महिला एवं बालबालिका र पुर्वाधार बिकासलाई बिशेष प्राथमिकता दिदै पालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

सभाले ५६ करोड ८७ लाख १३ हजार बराबरको बार्षिक बजेट वक्तब्य गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले प्रस्तुत गरेका हुन ।

जसअन्तर्गत चालू तर्फ ३३ कराेड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया तथा पुजिगत तर्फ २२ कराेड ९८ लाख ९ हजार ६ सय ६ रुपैया रहेको छ।
गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०७९/०८० को बार्षिक निति तथा कार्यक्रम दशाैँ गाउँ सभाले पास गरेको छ भने सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताए ।

संघिय सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली,प्रदेश सरकारको समृद्ध प्रदेश सुखी जनता र सरावल गाउँपालिकाको समृद्ध सरावल गाउँपालिका,खुशी खुशी सरावलबासी भन्ने मुल नारालाई सार्थक तुल्याई दीर्घकालिन सोंचलाई पुरा गर्न आवस्यक रणनीति अवलम्वन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन , लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य द्वय दिपेन्द्र कुमार अधिकारी , भगवती भण्डारी , सरावल गाउँपालिकाका पुर्व अध्यक्ष राधेश्याम चाैधरी,नेपाली काङ्ग्रेस सरावल उपसभापति महेन्द्र चाैधरी , लाेसपा नेता इन्द्रकमल यादव, नेकपा एमाले नेता देबेन्द्र कुमार भट्टराई , वडा नम्बर १ का पुर्व वडा अध्यक्ष भेष नरायण चाैधरी , वडा नम्बर ५ वडा अध्यक्ष लक्षमण चाैधरी , वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , शिक्षा शाखा प्रमुख तुलसी अधिकारी लगाएतका अतिथिहरुले आ- आफ्नो मन्तब्य समेत ब्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालन पालिकाका सहायक लेखापाल नरेश काेहारले गरेका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै