१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

गृहमन्त्री खाणले गरे हजयात्रीलाई बिदाइ

spot_img

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका एक सय १३ जना हजयात्रीलाई बिदाइ गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान हजयात्रीलाई बिदाइ गरेको खाणको सचिवालयले जानकारी दिएको छ।

यस वर्ष हजका लागि नेपाललाई छुट्याइएको पाँच सय ५५ जनाको कोटामध्ये शुक्रबार बिहान अन्तिम टोली हजयात्रामा निस्केको थियो।

हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका थिए।  उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताएका थिए।

हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारलगायत विमानस्थल पुगेका थिए।

नेपालबाट हजयात्रामा जाने टोलीलाई साउदीमा जेब्दास्थित महावाणिज्य दूतावासले समन्वयको काम गर्छ।

मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै