१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

एमाले निकट भातृसंस्था द्धारा मूल्यवृद्धि विरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

spot_img

महेश यादव
नवलपरासी ।  राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु नवलपरासी द्धारा पश्चिम नवलपरासीको बर्दघाटमा आधा घण्टा चक्काजाम सहित मूल्यवृद्धिकाे विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

विरोध कार्यक्रममा बोल्दै निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता लाई अब पनि निराकरण नगर्ने हो भने जनता चुप लागेर नबस्ने बताएका थिए । साथै प्रत्येक हप्ता भएको मुल्य वृद्धिले जनताको ढाड सेक्ने भन्दा पनि अब निगम लाइ चुस्त दुरुस्त राखी मुल्य वृद्धि तत्काल खारेजी गर्नुपर्ने बताउदै मूल्य वृद्धि फिर्ता नभए थप आन्दोलनका कार्यक्रम तय गरिने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य युबराज डुम्रेले बताए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आम जनतामा सास्ती भएको भन्दै गठबन्धन सरकारले तुरुन्त राजीनामा दिनु पर्ने अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज पौडेल लगायतले बोलेका थिए ।

गठ बन्धन सरकारले आफुहरुको स्वार्थको लागि गरिएको मुल्य वृद्धिले सरकार नै कमजोर साबित भएको भन्दै जनताले आक्राेस पाेखिएकाे बताउदै मुल्य वृद्धि तत्काल फिर्ता लिन राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक राम बहादुर भण्डारीले माग समेत गरे ।

कार्यक्रममा मूल्यवृद्धि खारेज गर, जनतालाई क्षति भो, मूल्यवृद्धि अति भो, गठबन्धन सरकार राजीनामा दे, प्रधानमन्त्री देउवा राजिनामा दे, लगायतका नारा सहित बिराेध प्रदर्शन गरेका थिए । प्रदर्शन पछिको कोण सभामा प्रधानमन्त्री शेर बहादुर देउवाको तस्बिर समेत जलाएका छन।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै