२७ माघ २०८१, आइतवार
spot_img
२७ माघ २०८१, आइतवार
spot_img

गृहमन्त्री खाण र बास्तोला नेतृत्वको नेकपाबीच छलफल

spot_img

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को टोलीले भेटघाट गरेको छ।

मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक सहभागी थिए।

भेटमा २०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको छ ।

गृहमन्त्री खाणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए। ‘नेकपासँग भएका सहमति कार्यान्वयन गर्ने क्रममा मा प्रतिबद्ध छौं। सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेका छन्’, गृहमन्त्री खाणले भने।

नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए। सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँगसमेत छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्नेगरी बैठक सकिएको छ।

तत्कालीन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फुटेर बास्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै