२७ माघ २०८१, आइतवार
spot_img
२७ माघ २०८१, आइतवार
spot_img

कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने महाअभियान सुरु गर्दैछु : वामदेव गौतम

spot_img

राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका सांसद गौतमले कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्नका लागिनै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।

नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टी भित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र, मेरो विचार कम्युनिष्ट पार्टीहरू फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा सधैंभरी क्रिटिकल व्यक्ति हुँ ।
मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ । म जो जोसँग सम्बन्धित भएको छु–उहाँहरुसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो । र, म त्यसैमा दीक्षित भए ।’

सांसद गौतमले फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लाग्ने बताउँदै भने, ‘हामीले एउटा ऐतिहासिक अवसर प्राप्त गरेका थियौं । नेपाललाई साँच्चिकै एउटा समृद्ध समाजवादमा पुर्याउने, त्यसको निम्ति औजारको आवश्यक्ता पर्छ र त्यो औजार राजनीतिक रुपले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)मात्रै हुन सक्थ्यो । र, अब त्यो हुन्छ भनेर हामीलाई ज्यादै खुसी लागेको थियो । र, जनतालाई पनि त्यसले खुसी बनाएको थियो । तर दुर्भाग्यबस पार्टीभित्र उत्पन्न समस्याहरूले हाम्रो पार्टी विभाजित हुन पुग्यो ।

आज त्यो पार्टी विभाजित भएर तीनवटा टुक्रामा पुगेको छ । र, म फेरि एकीकृत गर्ने, म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरूले सो पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै