२३ कार्तिक २०८१, शुक्रबार
spot_img
२३ कार्तिक २०८१, शुक्रबार
spot_img
spot_img

७७ हजारको मेकअप गराएर आमा–छोरी ब्युटी पार्लरबाट फरार, खोजीमा प्रहरी

spot_img

एजेन्सी – मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् । उनीहरुको यस्तो व्यवहारमा ब्युटी पार्लरकी मालिकले प्रहरीमा उजुरी दिएकी छिन् । साथै उनले सोसल मिडियामा ती महिलालाई खोजिदिन अपिल गर्दै एउटा पोस्टसमेत गरेकी छिन् ।

पार्लरकी मालिकको नाम जेड एडम्स हो । २८ वर्षकी एडम्सले दिएको जानकारी अनुसार दुई दिन अघि उनको पसलमा दुई महिला आएका थिए । यी दुईले आफूलाई आमा–छोरीको रुपमा चिनाएका थिए । एडम्सका अनुसार यी दुईले मेकअपका साथै बोटक्स ट्रिटमेन्ट र अन्य महँगा ट्रिटमेन्ट गराएका थिए । तर जब ५१० पाउन्ड (७७ हजार रुपैयाँ) तिर्नुपर्ने बेला भयो तब यी दुई गायब भए ।

बेलायतमा बस्ने जेड एडम्सले फेसबुकमा एक महिलाको फोटो सेयर गर्दै लेखिन्, ‘कृपया चोरको तस्बिर सेयर गर्नुहोस् । दुर्भाग्यले हिजो मेरो क्लिनिकमा यी महिला र उनकी छोरी ब्युटी ट्रिटमेन्टका लागि आएका थिए । तर भुक्तानी नगरीकनै उनीहरु फरार भए । उनीहरुले गरेको कुराकानीको आधारमा उनीहरु आयरिश मुलका हुन् कि जस्तो लागेको छ ।’

यो घटनाको विषयमा एडम्सले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उनले दिएको जानकारी अनुसार यी दुई महिलाले ट्रिटमेन्ट (बटक्स र लिप फिलर) का लागि क्लिनिकमा बुकिङ गराएका थिए, त्यसपछि मेकअप आदि गराए । जब पैसा दिने पालो आयो तब यी दुई बहाना बनाएर बाहिर गए र त्यसपछि फर्केर आएनन् ।

यसरी भए फरारः
एडम्सका अनुसार पहिला एकजना महिलाले आफ्नो ट्रिटमेन्ट गराइन् र वेटिङ रुममा बसिन् । जब अर्की महिलाले पनि ट्रिटमेन्ट गराइन् तब उनले भुक्तानीका लागि अर्की महिलालाई वेटिङ रुममा गइन् । तर केही बेरमा नै त्यहाँबाट दुबै गायब भए । उनीहरुले त्यहाँ एउटा कोट छोडेका थिए । मानिसहरुमा उनीहरु फर्किन्छन् भन्ने भ्रम पैदा गर्न यसो गरेका थिए ।

मेट्रो युकेको रिपोर्ट अनुसार एडम्सले पछिल्लो १८ महिनादेखि क्लिनिक चलाइरहेको तर यस्ता ग्राहक कहिल्यै नदेखेको बताइन् । एडम्सले आफूलाई धोका दिने महिलालाई पक्राउ गर्नका लागि प्रहरीसँग मद्दत मागेकी छिन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै