कपिलवस्तु । शिवपुर स्वास्थ्य चौकी शिवराज नगरपालिका १ कपिलवस्तुले आजबाट एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ ।
स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्यमा कतार च्यारीटी लिडो नेपालको सहयोगमा प्राप्त एम्बुलेन्सको आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले समुद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले विकास निर्माणका रचनात्मक कार्यमा सबै जनप्रतिनिधि एक भएर काम गर्नुपर्ने बताए, स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुच स्थापना गर्न योजना बनाएर काम गर्नुपर्ने बताए ।
त्यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले पछिल्लो समय निशुल्क शिक्षा लागुपर्ने प्रयत्नमा नगरपालिका लागिरकेको बताउदै विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक उपलब्ध हुन नसक्दा शिक्षा क्षेत्रको अवस्थाबारे गम्भीर हुनुपर्नेमा जोड दिए, नगर प्रमुख थापाले सबै जनप्रतिनिधिले आफुलाइ गरीरहेको रचनात्मक सहयोग प्रति खुशी ब्यक्त गरे ।
त्यस्तै शिवराज नगरपालिका १ नम्बर वडाका अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष खिमबिक्रम केसीले एम्बुलेन्स सन्चालनमा आएपछि वडाबासीको स्वास्थ्य सेवामा पारदर्शी रुपले लाग्नेमा विश्वास दिलाउदै सुत्केरी हुने अवस्थाका गर्भवती लाई स्वास्थ्य चौकी सम्म ल्याउने र स्वास्थ्य चौकीमा सुत्केरी भएका लाई घर सम्म पिर्याउने एम्बुलेन्स सेवा लाइ निशुल्क बनाउने योजना बनाएको बताउदै छिट्टै यस सम्बन्धि निर्णय हुने बताए ।
स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा १ नम्बर वडाका अध्यक्ष खिमबिक्रम केसीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता र शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।