अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा मोटरबाटोको स्तरोन्नती नहुँदा स्थानियले सास्ती भोग्नुपरेको छ ।यतिबेला बिरामी हुँदा समेत अस्पताल जाँदा गाडी जान सक्ने बोटो छैन ।
मालारानी गाउँपालिका वडा नं. ५ आरुखोर (चित्रेटोल) सहिद मार्ग पर्ने यस बाटोमा पहिरो गएको करिव १ वर्ष हुँदा समेत सम्बन्धीत पक्षले बाटो नबनाएको स्थानियले बताएका छन ।