कपिलवस्तु । शिवराज नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले पालिकाका बिभिन्न वडाहरुमा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविरको शुभारम्भ गरेको छ ।
सेवाग्राही लाई आफ्नै गाउँ टोल बाट सहज सेवा प्रदानका साथै समयमै ब्यक्तिगत घटना दर्ता गर्ने बानीको बिकास र सचेतना फैलाउने उद्देश्यले शिविर सञ्चालन गरिएको शिवराज नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख दिपक खड्काले जानकारी दिए ।
जन्म, विवाह, बसाइसराइ, सम्बन्धबिच्छेद र मृत्यु जस्ता ब्यक्तिगत घरना दर्ता साथै सामाजिक सुरक्षा कार्यक्रम अन्तरगतका ज्येष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाति, बालबालिका र असक्त/अपाङ्गता भएका व्यक्तिले राज्य बाट पाउने सामाजिक सुरक्षा भत्ता दर्ता सेवा र सेवा ग्राहीको गुनासो समेत दर्ता गरिने शिविरको उद्देश्य रहेको छ ।
शिवराज नगरपालिकाका १,२,३,४,५ र ९ नम्बर वडामा वडाको ३ ठाउमा ३ /३ दिनका दरले ९ दिन सम्म शिविर संचालन हुने आयोजकले जनाएको छ, शिवराज १ को बनकट्टा सामुदायिक भवनमा रहेको शिविरमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सहसचिव सन्जिब गहतराजले ब्यक्तिगत घटना सम्बन्धि सेवा लिएर शिविरको शुभारम्भ भएको थियो शिवराज नगरपालिका १ नम्बर वडाकी वडा सचिब धनिस्वरा बैजालीले सेवा प्रदान गरेकी थिइन ।
पालिकाका बाकी रहेका वडाहरूमा असार ७ गते बाट शिविर सुरु हुनेछ, आज बाट शुरु भएको शिविर असार १५ गते सम्म सन्चालन हुने छ ।