७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

spot_img

प्रेम सुनार
गुल्मी ।  गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन् ।

ती महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो । सो दम्पतीका दुई सन्तान छन् ।

प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (4%)
  • दुःखी (0%)
  • अचम्मित (19%)
  • हाँस्यास्पद (74%)
  • आक्रोशित (4%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै