सन्धिखर्क । जुकेना रुपन्देही सम्पर्क समाजको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । उक्त समाजको अधिबेशन तथा साधारणसभा बुटवलमा सम्पन्न भएको हो ।
प्रथम अधिबेशनले अध्यक्षमा नुमेन्द्र पौडेल , बरिस्ठ उपाध्यक्ष बिष्णु पौडेल , माधव न्यौपाने , सचिव गोपाल पौडेल , सह सचीव ज्योति पौडेल , कोषाध्यक्ष भिम पौडेल , सह कोषाध्यक्ष मोहन बेल्बासे र ६ सदस्य सहित १३ जनाको कार्यसमिति चयन गरेको छ ।
उक्त कार्यक्रममा सितगंगा नगरपालिकाका नवनिर्वाचित मेयर , उपमेयर लगाएतका जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम गरेको बरिस्ठ उपाध्यक्ष बिष्णु पौडेलले बताएका छन ।
कार्यक्रम नुमेन्द्र पौडेलको अध्यक्षता , बिष्णु पौडेलको स्वागत मन्तव्य र गोपाल पौडेलको संचालनमा सम्पन्न भएको हो ।