१३ जेष्ठ २०८१, आईतवार
spot_img
१३ जेष्ठ २०८१, आईतवार
spot_img
spot_img

कस्तो रहन्छ त आज तपाईंको समय? हेर्नुहोस् आजको राशीफल(२०७९/०२/२९ गते)

spot_img

।आज मिति २०७९ साल ज्येष्ठ २९ गते आइतबार। सन् २०२२ जुन १२ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। ग्रिष्म ऋतु । श्रीशाके १९४३। ज्येष्ठ शुक्लपक्ष त्रयोदशी । विशाषा नक्षत्र। शिब योग। कौलब करण। तुला राशीमा चन्द्रमा। सुर्योदय: बिहान। ०५.७, सुर्यास्त: साँझ १८.५९ बजे।

मेष  (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)
स्वास्थ्य सामान्य रहनेछ। आकस्मिक रुपमा धन प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ ।

बृष  (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)  
धनलाभ हुने दिन छ ।मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ ।

मिथुन  (का,की,कु,घ,ङ,छ,के,को,हा) 
आजको दिन मध्यम खालको रहनेछ। वायुविकार तथा टाउको सम्बन्धि समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

कर्कट  (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
धन आर्जनगर्ने अवसर मिल्नेछ ।  धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

सिंह  (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) 
स्वास्थ्यमा सामान्य समस्या देखिएला । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन ।

कन्या  (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  
वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

तुला  (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । नैराश्यता उत्पन्न हुने छ ।

बृश्चिक  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु  (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
स्वास्थ्य राम्रो रहने छ ।  सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता प्राप्त होला। पढाइमा राम्रो सफलता मल्निेछ। उपहार प्राप्तहुने योग रहेकोछ ।

मकर  (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) 
पारिवारिक जमघटमा समय बित्नेछ। परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल  हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।

कुम्भ  (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धन प्राप्तिको योग छ  । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै