२७ माघ २०८१, आइतवार
spot_img
२७ माघ २०८१, आइतवार
spot_img

नेपाली काँग्रेस धातिवाङ्ग-काठमाडौं सम्पर्क समितिकाे गठन

spot_img

काठमाडौं, २८ जेठ । नेपाली काँग्रेस धातिवाङ्ग-काठमाडौं सम्पर्क समितिकाे गठन भएको छ । काठमाडौंकाे रत्नलक्ष्मी क्याम्पसमा भएकाे भेलाबाट सम्पर्क समितिकाे सभापतिमा कुश्माखर पाैडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसकाे उपसभापतिमा सागर पाैडेल (शालिकराम), सचिवमा दिनेश पाैडेल, सहसचिव प्रेम राष्काेटी, काेषाध्यक्षमा सरस्वती पाैडेल सहित ३७ सदस्यीय सम्पर्क समिति गठन भएको छ ।

भेलाकाे उद्घाटन कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पाैडेलले काठमाडौंबाट काँग्रेसका आधिकारीक उम्मेदवारलाई विजयी बनाउन धातिवाङ्ग पुग्नुभएकाेमा सहभागी सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रमुख अतिथि समेत रहेका पाैडेलले काँग्रेसकाे संगठन बलियो बनाउन काठमाडौंमा विभिन्न पेशामा बस्नुभएका शुभेच्छुकहरूकाे महत्त्वपूर्ण भुमिका रहेकाे बताउँनुभयाे । उहाँले धातिवाङ्गकाे विकासका लागि सबै एकतावद्व भएर लाग्ने बताउँनुभयाे ।

कार्यक्रममा नेपाल वित्तिय संस्था कर्मचारी संघ काठमाडौंका सचिव केशव सुर्यवंशी, नेविसंघ अर्घाखाँचीका उपाध्यक्ष जिएस पाैडेल, काँग्रेसका क्रियाशील सदस्य टिकाराम पाैडेल, हिमलाल पाैडेलले शुभकामना मन्तव्य राख्नुभएको हाे ।

कार्यक्रम नेपाली काँग्रेस धातिवाङ्गका क्षेत्रिय प्रतिनिधि हिमलाल पाैडेलकाे अध्यक्षता, क्रियाशील सदस्य सरस्वती पाैडेलकाे स्वागत तथा नेविसंघका नेता शिवलाल पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै