८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

आजको पन्चाङ्ग एवं राशीफल(२०७९/०२/२५ गते बुधबार)

spot_img

आज मिति २०७९ साल ज्येष्ठ २५ गते बुधबार। सन् २०२२ जुन ८ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। ग्रिष्म ऋतु । श्रीशाके १९४३। ज्येष्ठ शुक्लपक्षअष्टमी/नवमी । उत्तरफाल्गुणी नक्षत्र। सिध्दि योग। बब करण। मेष राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०५.७, सुर्यास्त: साँझ १८.५८ बजे।

मेष (ARIES) (चु, चे,चो,ला,ली,लु,ले,लो,अ,)
पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा सफलता प्राप्त हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।रमाइलो यात्राको योग रहेको छ।

बृष (TAURUS)     (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 
माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ। आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ।

मिथुन (GEMINI)   (का,की,कू,घ,ङ,छ,के,को,हा) 
मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा मनमुटाब सिर्जना भई मनमा खिन्नता आउनेछ।  आजको दिन कुनै आर्थिक कारोवारबाट क्षति व्यहोर्नुपर्ने देखिन्छ।

कर्कट (CANCER)  (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ ।  पढाई लेखाईमा मन जाने छैन । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने  ऋण रोगले सताउनेछ ।
सिंह ( LEO)  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 
छोटो दुरिको यात्रा हुन सक्नेछ। दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ ।  आट तथा पराक्रम बढेर जाने हुनाले काम गर्न जोस आउनेछ ।

कन्या  (VIRGO)   (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा केही खटपट आउनेछ ।

तुला (LIBRA)  (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आजको दिनमा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सामाजिक कार्य गरि समाजमा कमाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक  (SCORPIO)  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययनको क्षेत्र राम्रो छ। बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ ।

धनु  (SAGITTARIUS)   (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ ।

मकर  (CAPRICORN)  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

कुम्भ  (AQUARIUS)   (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ ।

मीन (PISCES)  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको चर्चा चल्नेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन्   ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै