सन्धिखर्क । सन्धिखर्क बजारकाे फाेहाेर अलुवा खाेलामा लगेर जलाउने गरिएकाेमा धुवाँबाट वातावरण प्रदुषण भई जनजीवनमा प्रत्यक्ष असर परेपछि नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले फाेहाेर नजलाउन सरसफाइ कर्मीहरूलाई निर्देशन दिएका छन ।
उनले फाेहाेरकाे वैज्ञानिक व्यवस्थापन गरिने बताए । सन्धिखर्क र फुदबाङ बजारकाे बीचमा रहेकाे अलुवा खाेलामा फाेहाेर जलाउँदा स्थानीयले धुवाँका कारण हैरानी खेप्दै आएका थिए । सन्धिखर्क – गाेरूसिङ्गे सडकसँग जाेडिएकाे अलुवा खाेलामा चाैविसै घण्टा फाेहाेर जलाउने गरिएकाे थियाे ।
धुवाँकाे मुस्लाेले यात्रुहरूलाई आवतजावत गर्न समेत मुस्किल पर्ने गरेकाे थियाे । फाेहाेरबाट उत्सर्जन हुने मिथेन ग्यासले क्यान्सर लगायतका घातक राेग लाग्ने जाेखिम बढ्ने हुँदा फाेहाेर जलाउने कार्यमा पूर्ण राेक लगाइएकाे श्रेष्ठले बताए ।
प्रमुख श्रेष्ठ, उप- प्रमुख मिश्रा आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनाल लगायतका कर्मचारीहरूले डम्पिङसाइडकाे अनुगमन गरी फाेहाेरकाे उचित व्यवस्थापनकाे संभावना बारे छलफल गरे ।
नगर प्रमुख र उप-प्रमुखले फाेहाेर उठाउने र व्यवस्थापन गर्ने विषयमा गुनासाे नआउने काम गरिने बताए।