कपिलवस्तु । शिवराज नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजना तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबार काठमाडौको सहयोगमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना प्रणाली सुद्धिकरण आयोजना सम्बन्धि वडा सचिब र कम्प्युटर अपरेटरहरुका लागि सामाजिक सुरक्षा भत्ता तथा घटना दर्ता सम्बन्धि तालिम शिवराज ५ चन्द्रौटामा शुरु भएको छ ।
प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक समेत रहेका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नारायण पाण्डेले स्थानीय पञ्जिकाधिकारीले कार्यसम्पादनका क्रममा देखिका समस्या र कानुनी निरुपणका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख अजय थापाले सामाजिक सुरक्षा भत्ताका लागि बृद्धअबश्थाका लाभग्राहीले सुबिधा लिन बैंक धाउनुपर्ने अवस्थाले सास्ती बनाएकाले कसरी सहज रुपले प्रदान गर्न सकिन्छ भन्ने विषयमा योजना बनाउनुपर्ने आवश्यकता औल्याए ।
शिवराज नगरपालिकामा सामाजिक सुरक्षा भत्ताका लागि वार्षिक करीब २६ करोड बजेट बाट १२ हजार १ सय ११ नागरिक लाभान्वित भइरहेको शिवराज नगरपालिकाका एम आइ एस अपरेटर शाखा प्रमुख दिपक खड्काले जानारी दिए ।
नगर प्रमुख अजय थापाको अध्यक्षता, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नारायण पाण्डेको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद अर्याल, किर्डाक नेपालका कपिलवस्तु कार्यक्रम संयोजक कृष्णबहादुर रावलको आतिथ्यता र शिवराज नगरपालिकाका एम आइ एस अपरेटर दिपक खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।