भैरहवा- जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको रात्रिकालीन बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ।
दुर्घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मी र स्थानीयले करिब ३ दर्जन घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्याएको प्रहरीको भनाइ छ।
लु२ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताएका छन्।