कपिलवस्तु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जनप्रतिनधीहरु जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न निर्देशन गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न निर्देशन दिएका छन ।
उनले जनताको जीवन स्तरका लागि जस्तो सुकै चुनौतीको सामना गरेर भए पनि काम गर्नका लागि अनुरोध गरे ।
उनले यस्तो कुरा लुम्बिनी सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीयतहका जनप्रतिनिधी हरुलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तक्रिया कार्यक्रममा कपिलपवस्तुमा बताएका हुन ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानले स्थानीयत सरकार, प्रदेश, संघीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्थित्वको भावनालाई अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नका लागि अनुरोध गरे ।
प्रदेश प्रमुख अमिक शेरचन जनताले दिएको मतको कदर गर्दै अर्काे कार्यकालमा पनि जनताले फेरी निर्वाचित गराउने गरी काम गर्नका लागि आग्रह गर्दै भने :–“सक्नुहुन्छ भने राम्रो काम गर्नुहोस् सक्नु हुन्न भने पनि जनताले खवरदारी गर्ने गरी काम नगर्नका लागि अनुरोध गरे ।
प्रदेश प्रमुख अमिक शेरचनले संघ, प्रदेश, स्थानीयतहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि अनुरोध गरे ।
उनले जनप्रतिनिधीहरुले सधै आफ्नो स्थानीयतहका प्रतिनिधीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
यस्तै कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीयतहलाई समन्वय गरी लुम्बिनी प्रदेशबासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्नका लागि अनुरोध गरे ।
लुम्बिनी प्रदेश सरकार समृद्धि प्रदेश आत्मनिर लुम्बिनी बनाउनका लागि प्रदेश सकरारका लागि रहेको बताए ।
उनले जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीयतहरु नै भएकाले जनताको सुख, दुखमा साथ दिनका लागि अनुरोध गरे ।
उनले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा गर्नका लागि अनुरोध गर्दै जनताको आधारभूत आवश्यकताका आधारमा प्राथमिकतको योजना निर्माण गर्नका लागि बजेट प्रदान गर्नका लागि अनुरोध गरे ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारले १०९ स्थानीयतहलाई समन्वय गरी अभिभाकत्व ग्रहण गर्दै अगाडि बढ्ने कुरामा सधँै दृढ रहेको बताउँदै लुम्बिनीका आम जनताको समस्या बुझेर प्रदेश सरकारलाई रिपोटिङ गर्ने र प्रदेश सरकारले त्यसलाई सम्वोधन गर्ने बताए ।
उनले राज्यका हरेक निकायमा जनताको सहभागीता र पहुँच पुर्याउनको लागि सबैले सबैले ध्यान दिनुपर्ने बताउँदै जनताको हरेक विकास निर्माणलाई ध्यान दिएर अगाडी बढ्नका लागि अनुरोध गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्तीले जनताको जीवन स्तरमा आमूल परिवर्तनका लागि अगाडी बढ्नका लागि अनुरोध गर्दै जनताको प्रतिनिधीले सधै जनताप्रति उत्तदायित्वलाई पूरा गर्नका लागि अगाडी बढ्न अनुरोध गरे । सभामुख पूर्ण घर्तीमगरले आफूले गरेमा सबैकुरा सम्भव हुने बताउँदै जनताको लागि नै अरोहरात्र काम गर्नका लागि अनुरोध गर्दै जनताले नै सत्तामा पुर्याएकोले सधै जनतालाई जीवन बदल्नका लागि अगाडि बढाउनुनका लागि अनुरोध गरे ।
सभामुख पूर्ण घर्तीमगरले समाज उन्मुख अर्थव्यवस्था निर्माण गर्नका सबैले ध्यान दिदैँ जनताको पुजी अर्थतन्त्र निर्माणका लागि सबै जनप्रतिधिीहरु एक हुनु पर्ने गरे । सके राम्रो गर्ने होइन भने नराम्रो काम नगर्नका लागि अनुरोध गरे ।
अन्तरक्रियामा संघीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा संघीयलाई बलियो बनाउने तिर लाग्नुपर्ने बताए । लुम्बिनी प्रदेशले नेपालको संघीयतालाई नमूना बनाउनको लागि सकेजति पहल गरेको बताए ।
नेपाल सरकारका पूर्व प्रमुख सचिव लिलामणी पौडेलले संघीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि सबैलाई अनुरोध गरे ।
जनताको विकास जनतालाई प्रदान गर्नका अनुरोध गर्दै आम जनतालाई सेवा प्रवाह गर्दा प्राथमिकताका आधारमा गर्नुपर्ने गरे ।
कार्यक्रममा १०९ स्थानीय तहका प्रमुख तथा उपाध्यक्षहरुको सभागीता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले स्वागत गरेका थिए भने सञ्चालन सचिव नरेन्द्र रानाले गरेका थिए ।