१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

पत्रकार विरेन्द्र केसीको ” अर्घाखाँचीमा पर्यटन र विकास ” पुस्तक विमोचन समारोह कार्यक्रम सम्पन्न

spot_img

अर्घाखाँची ।  पत्रकार तथा लेखक विरेन्द्र केसीको ” अर्घाखाँचीमा पर्यटन र विकास ” पुस्तक विमोचन समारोह सम्पन्न भएको छ ।

अर्घाखाँचीकाे पर्यटन सम्बन्धि कान्तिपुर दैनिकका उप-सम्पादक तथा पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका वीरेन्द्र केसीले जिल्लाको ६ वटै पालिका लाई समेटिएको पुस्तक सन्धिखर्कको साथी होटेलमा भव्य कार्यक्रम बीच विमोचन गरिएको हो ।

मालारानी-५ बाँगीमा जन्मिएका केसीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा पुस्तकमा प्रस्तुत गर्न खोजिएको को छ ।
अर्घाखाँची घुम्न आउने र अर्घाखाँचीको ऐतिहासिक धार्मिक तीर्थस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्य स्थलको बारेमा जान्न चाहनोहरुको लागि यो पुस्तक उपयोगी हुनेछ ।

विकास तथा पर्यटन विस्तार लाई पुस्तकमा मर्मस्पर्सी रुपमा प्रस्तुत गर्न खोजिएको छ । पर्यटन विकास तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरणाको उद्देश्य लिएर पुस्तक प्रकाश गरिएको हो ।
पुस्तक विमोचन समारोह बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्यव समिती प्रमुख पिताम्बार शर्माले पुस्तक पल्टाउदा ऐतिहासिक धार्मिक तीर्थस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्य स्थलको बारेमा जानकारी लिन्न सजिलो भएको बताए ।

शर्माले ऐतिहासिक धार्मिक तीर्थस्थलको प्रचारप्रसारमा गर्न सबैले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । कार्यक्रममा ६ वटै पालिकाका नयाँ जनप्रतिनिधि लाई खादा टीका लगाइ संमान समेत गरिएको थियो । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , एकीकृत समाजवादी जिल्ला अध्यक्ष राम ब. चौहान
तत्कालीन नगरप्रमुख कमल प्रसाद भुसाल , प्रजिअ शसिधर घिमिरे , प्रहरी नायब निरीक्षक अमर थापा , सशस्त्र प्रहरी नायब निरीक्षक शंकर खड्का लगाएतको उपस्थित रहेको थियो ।

जननी मिडिया प्रा.ली द्वारा आयोजित विमोचन समारोहको कार्यक्रम नविन केसीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै