१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

पानी परिरहेको छ, हेलिकोप्टर बस्न सकेको छैन, शव संकलन गर्दैछौं : सशस्त्र डीएसपी कार्की

spot_img

काठमाडौं–मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेमा भएको तारा एअर दुर्घटनाको उद्दारमा समस्या भइरहेको सुरक्षाकर्मीले बताएका छन्।

करिब ५ घण्टा पैदल हिँडेर दुर्घटनास्थल पुगेको सशस्त्र प्रहरी बलको टोली उद्दारमा खटिएको छ। सशस्त्रको २५ जनाको टोली बिहान ५ बजे हिँडेर ११ बजेतिर दुर्घटनास्थल पुगेको थियो।

सशस्त्रको टोलीसँगै नेपाल आर्मी, नेपाल प्रहरीले शवहरु संकलनको काम गरिरहेको छ। तर मौसम प्रतिकूल हुँदा उद्दारमा समस्या भएको सशस्त्र प्रहरी मुस्ताङका डीएसपी मोहनजंग कार्कीले बताए।

कार्कीका अनुसार अहिले दुर्घटनास्थल क्षेत्रमा पानी परिहेको छ। बाक्लो हुस्सु लागेको छ। शव संकलनका लागि पुगेको सेनाको हेलिकोप्टरसमेत बस्ने सकेको छैन। अहिले शवहरु संकलन गरेर ‘प्याक’ गर्ने काम भइरहेको डीएसपी कार्कीले बताए।

मौसम अनकूल भएर हेलिकोप्टर ल्याण्ड भएपछि शव राखेर काठमाडौं पठाइने कार्कीले बताएका छन्। घटनास्थलमा पुगेको प्रहरीले घटनास्थल मुचल्का तथा डकुमेन्टेसनको काम गरिरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी विष्णु केसीले पनि मौसम अनकूल नहुँदा उद्दारमा समस्या आएको बताएका छन्।

अहिलेसम्म १६ वटा शव संकलन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले बताए। पानी परेका कारण अत्याधिक चिसो भएकाले उद्दारमा केही समस्या भए पनि निरन्तर काम भइरहेको उनको भनाइ छ।

आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको थियो। आइतबार दिनभर खोज्दासमेत विमान नभेटिएपछि खोजीका कार्यलाई स्थगित गरेर सोमबार बिहानबाटै खोजी कार्य सुरु गरिएको थियो।

सो क्रममा यार्सागुम्बा टिप्न गएका व्यक्तिले प्लेन दुर्घटना परेको भन्ने जानकारी आएपछि यार्सागुम्बा टिप्न छाडेर विमानको खोजी सुरु गरेका थिए। त्यसपछि उनीहरुले नै दुर्घटनाग्रस्त अवस्थामा विमान सानुसुरेमा भेटिएको जानकारी गराएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। विमानमा २ जमर्न नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए।

चालक दलका तीन सदस्य थिए। दुर्घटनामा परेका १३ नेपाली मध्ये एकै परिवारका सात जना रहेको समेत पाइएको छ। दुर्घटनामा अर्का विमान चालक वसन्त लामा पनि परेका थिए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै