रुपन्देही । बुटवल उपमहानगर पालिकाका मेयर खेलराज पान्डेले सुकुम्बासी समस्या कानुनि प्रक्रिया सहित छिट्टै समाधान गरिने बताएका छन ।
बुटवल वडा नम्बर ५ मा आयोजित नेपाली कांग्रेसको बधाइ , सुभकामना तथा धन्यवाद कार्यक्रममा पाण्डेले आफु स्वयंम टोल टोलमा उपस्थित हुननसकेको बताउदै एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण वडा बासिन्दाहरुलाई धन्यवाद तथा आभार ब्यक्त समेत गरेका छन ।
पाण्डेले रात्रिकालिनको अवस्थामा बजार एरियामा कडा सुरक्षा र पर्किङको थप ब्यवस्थापन मिलाउने बताएका छ्न । नगरपालिका जानु अघि जनताको समस्या र समाधान सहित खाका तयार पारेर आईदिन जनप्रतिनिधिलाइ अनुरोध गरेका हुन ।
वडाका जनप्रतिनिधि हरुलाई टोल बासिको सुख र दुख संग प्रत्यक्ष जोडिन समेत अनुरोध समेत गरेका छन ।