काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि सोमबारदेखि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने जनाएको छ।
प्रयोगकर्ताहरुले सोमबार साँझ ६ बजेपछि नयाँ अनलाइन प्रणालीमार्फत् लाइसेन्सका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ।
विभागले यसअघि परेका सबै अनलाइन आवेदनहरु रद्द गरिएको पनि जानकारी दिएको छ।
नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन दिन सकिनेछ। वर्ग थपका लागि भने अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।