१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना भएको जानकारी आएपछि खोजी टोली जाँदैछ: सैनिक प्रवक्ता

spot_img

काठमाडौं ।  सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको जानकारी आएपछि सेनाका खोजी टोली त्यतैतिर लागेको बताए।

‘स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ। त्यहाँ पुग्न तीन-चार घन्टा लाग्छ होला,’ सिलवालले भने,‘हामी हेलिकप्टरबाट पनि पुग्न प्रयास गर्दैछौं।’

योबाहेक अरू ठाउँमा पनि जहाजको खोजी भइरहेको छ। न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा खोजी जारी राखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

आज बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज १०:७ बजे सम्पर्कविहीन भएको थियो।

नेपाली सेना, नेपाल प्रहरी तथा हिमालयन उद्धार संघका जवानहरूलाई पनि जहाज खोजीका लागि परिचालन गरिएको छ।

नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट पनि खोजी कार्य जारी राखिएको छ।

आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको थियो।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै