१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

वेपत्ता विमान अहिलेसम्म फेला परेको छैन : प्रहरी

spot_img

काठमाडौं– पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान अहिलेसम्म फेला नपरेको सुरक्षाकर्मीले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डएसपी सुन्दर तिवारीले विमानको खोजी जारी रहेपनि अहिलेसम्म फेला नपरेको  जानकारी दिए।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख तथा डीएसपी रामप्रसाद दानीले पनि विमान फेला पार्न नसकिएको बताए।  ‘अहिलेसम्म विमान फेला पार्न सकिएको छैन। हामी खोजी कार्यमै छौं’, डीएसपी दानीले  भने।

आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।

विमानमा २ जमर्न नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य थिए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै