१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

तारा एयरको जहाज उडिरहेको बेला सम्पर्कविहीन

spot_img

तारा एअरको नाइन एन- एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान हराएको छ।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ।

जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए।

जहाजको खोजीकार्य भइरहेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै